बाँकेको विद्यालयमा ई–सेवा शुरु

५ भाद्र २०७६, बिहीबार १६:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुचना प्रविधिको विकाससँगै आएको अनलाईन भुक्तानी बिभिन्न बिद्यालयमा सञ्चालन गरिएको छ । यो संगै अब अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक शुल्क ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन ।
विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि ब्याचलर तहसम्मका छात्रछात्राहरुको शुल्क अभिभावकहरुले अनलाईनमार्फत भुक्तानी गर्न सकिने ई सेवा सेन्टर बाँकेका प्रमुख महेन्द्र रानाले बताए । साथै उहाँले यो प्रणाली लागु भएसंगै अभिभावकहरुलाई विद्यालयमा आएर आफ्ना बालबालिकाको शैक्षिक शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्यसमेत भएको बताए ।
अहिलेसम्म बाँकेमा अनलाईन भुक्तानी गर्नेमा कोहलपुर मोडेल कलेज, बागेश्वरी एकेडेमी, सिटी कलेज अफ म्यानेजमेन्ट, भृकुटी माध्यमिक बिद्यालय, ब्राइटलाइट कलेजमा सञ्चालन गरिएको र अन्य बिद्यालय तथा कलेजहरुमा पनि छिट्टै सञ्चालनमा आउने रानाले बताए ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू २० लाख भन्दा बढि पुगेका छन् ।
यस्तै देशभर रहेका जोन, प्वाइन्ट तथा मोबाईल बैंकिङमार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करीब ५५ हजार एजेन्ट रहेको ई सेवाले जनाएको छ ।

Next Post

बाघको आक्रमणबाट महिलाको मृत्यु

५ भाद्र २०७६, बिहीबार १६:१९
सदरलाइनडटकम, बर्दिया : बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका ४ दंगापुरबी ५६ वर्षीया रामकली शाहीको घटनास्थलमै मृत्यु भएको हो । घरदेखि नजिकैको खेतमा घाँस काट्दै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो । प्रहरीका अनुसार चारपाँच जनाको समुहमा खेतमा घाँस काटिरहेको समयमा शाहीलाई एक्कासी पाटेबाघले आक्रमण […]

सम्बन्धित