क्वारेन्टाइनमा बस्नेले बिबाद गर्यो भन्दै प्रहरीले कोरोना संक्रमितको हात भाँचेपछि…

३ श्रावण २०७७, शनिबार २०:०६
 
                                                        संकेतात्मक स्केच गुगलबाट

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोबिड–१९ पोजेटिभ केसका विरामीको उपचारमा आवश्यक समन्वय नहुँदा स–सानो केशको उपचार स्थानीय स्तरमै हुनसक्ने भए पनि विभिन्न स्थानमा डुलाउन परेको पाईएको छ ।

सुर्खेतको सिम्ता–८ राकममा स्थापना गरेको क्वारेन्टाईनमा बस्दै आएका कोबिड–१९ पोजेटिभ ३५ वर्षिय पुरुष र सुरक्षाको लागि बसेको प्रहरीसंग बिबादमा उत्रेपछि प्रहरीले प्रहार गरेको लठ्ठीले लागेर देब्रेहातको नाडि भाँचिए उनको उपचारको लागि विभिन्न ठाउ डुलाउन परेको हो ।

असार ३१ गते घटेको सो घटना सुरुमा सो केश स्थानीय स्तरमै गुपचुप राख्न एता उता डुलाईए पनि ती पुरुषमा कोरोना पुष्टी भएपछि चारदिन पछि मात्र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याई पुराईएको हो ।


हाल ती पुरुष कोरोना तेस्रो चरणको अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा. दिनेश क्षेष्ठले ती विरामीको सामान्य सुरक्षा अपनाएर स्थानीय स्तरमै उपचार हुनसक्ने भए पनि कोहलपुर पुराईएको बताए ।

‘ती पुरुषको देब्रेहातको नाहीको रेडियस बोन भाँचिएको छ । उनको उपचार मेहलकुना वा सुर्खेत मै संभव थियो तर, विभिन्न स्थानमा घुमाउदै कोहलपुर ल्याई पुराईयो’–उनले भने–‘ सानो सानो केश पनि तेस्रो चरणको अस्पताल भन्दै आउन थालेपछि जटिल केश आउदा उपचार पुराउन कठिन हुन्छ । त्यसैले समन्वय हुन आवश्यक छ ।’

उनले सुरुमै समन्वय भएको भए स्थानीय स्तरमै उपचार संभव हुने कुरा मेहलकुना, कालागाउ अस्पताल सुर्खेत, भेरी अस्पताल हुँदै कोहलपुर पुराउन नपर्ने बतए । गत असार ३१ गते क्वारेन्टाईनमा बसेको बेलामा सो घटना भएपछि उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

Next Post

ट्रयाक्टर दुर्घटनामा सात जनाको मृत्यु

३ श्रावण २०७७, शनिबार २०:०६
सदरलाइनडटकम, प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ तर्फ आउँदै गरेको लु २ च ४२३४ नम्वरको ट्रयाक्टर शनिवार राती रुमाले भन्ने ठाउँमा सडकबाट तल खस्दा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ट्रयाक्टर चालक रोल्पा त्रिवेणि गाउँपालिकाका २५ […]