बाजुरामा निमोनियाका बिरामी बढे

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १४:३३
 

बाजुरा : जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताए ।

निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ । सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।


केही दिनअगाडि कोरोना हो कि भन्ने शङ्कामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

कतिपय बच्चा सामान्य रहेपनि धेरै बच्चा भने जटिल अवस्थामा रहेकाले अक्सिजनको सहारा दिनुपरेको अस्पतालले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमोनियाका बिरामी उपचारमा आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक बिकास मन्त्रीद्धारा क्रिकेट मैदानको अवलोकन

२२ श्रावण २०७८, शुक्रबार १४:३३
नेपालगञ्ज : लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तव लगायत मन्त्रालयको टोलीले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् । अवलोकन टोलीमा मन्त्रालय सचिव महादेव पन्थ लगायत छन् । अवलोकन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्य सचिब भिम ओली कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी) रावत लगायतको समेत […]

ताजा अपडेट