युवा संघद्धारा एम्बुलेन्स सेवा सञ्चालन

सदरलाइन संवाददाता २८ बैशाख २०७८, मंगलवार १७:०४
 

नेपालगञ्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीका लागि मंगलबारदेखि बाँकेमा निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ । मंगलबार नेपालगञ्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्स सेवाको सुरुवात गरिएको हो ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालनमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्ला भरका ८ वटै स्थानीय तहका लागि संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउनुभयो । एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामीको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिएको छ ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँ कमिटीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबारदेखि कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै सञ्चालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइलीले जानकारी दिए । पछिल्लो समय बाँकेमा कोरोना संक्रमण र मृत्यु दर उकालो लागिरहेको छ ।


कोरोना संक्रमण दर बढ्दै जादा संक्रमितलाई अस्पतालसम्म पुर्याउन साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भर पर्नु परेको अवस्थालाई मध्यनजर गर्दै संघ लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा संघ नेपालगन्ज नगर कमिटीको ब्यवस्थापनमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

कोरोना संक्रमितका लागि सञ्चालनमा ल्याइएको एम्बुलेन्सको लागि बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य आपतकाल घोषणा गर्न मागगर्दै काँग्रेस बाँकेले बुझायो ज्ञापन

२८ बैशाख २०७८, मंगलवार १७:०४
नेपालगञ्ज : नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाको नेतृत्वमा उपलब्ध पदाधिकारीसहतिको टोलीले सो माग गर्दै ज्ञापन बुझाएको हो । बाँकेमा […]