कथा लेखनबारे दुईदिने कार्यशाला नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता १८ श्रावण २०८०, बिहीबार १३:५५
 

नेपालगञ्ज : लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुईदिने कार्यशाला नेपालगञ्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालाई सञ्चार माध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजनाअन्र्तगत दुईदिने कार्यशाला शुरु भएको छ ।

कार्यशालाको शुभारम्भ गर्दै लुम्विनी प्रदेश सांसद सुशिला नेपाली बादीले समाजमा अहिले पनि विभेद कामय रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायले आफ्ना सवाललाई उठाउन तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गरिन् । उनले अझै पनि कुनै समुदाय यस्तो प्रकारको तालिमबाट वञ्चित भएको भए त्यसलाई पनि अवसर दिनुपर्ने उल्लेख गर्दै समाजलाई सभ्य बनाउन सबैको साझा प्रयत्न हुनुपर्ने बताइन् ।


अल्पसंख्यक समुदायलाई अझै पनि उपेक्षा गरिएकोले यिनीहरुको पक्षमा पैरवी गर्नुपर्नेमा जोड दिँदै उनले यो समुदायकै पत्रकारिता क्षेत्रमा सहभागिताले ठुलो परिवर्तन देखिने विश्वास व्यक्त गरिन् । सांसद नेपालीले भनिन्,–“जसको सवाल उसकै नेतृत्व हुनु पर्दछ, अनि मात्र त्यसले अर्थपुर्ण सहभागिता हुन्छ ।”

उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका पत्रकारहरुको सहभागिता बढाउन सरोकारवाला निकायको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै ति समुदायका युवायुवतीको क्षमता अभिबृद्धि गर्नुपर्ने बताए ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तीवारीले पत्रकारिताको आयाम फराकिलो भएकाले त्यसमा काम गर्न तालिम प्रभावकारी हुने बताए । तालिममा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण, लैङ्गिक संवेदनशिलता, रिपोर्टिङ्गमा सफलताका कथा, भाषा लगायतका विषयमा जेसी विज्ञ रिमा विसी र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताए ।
उनकाअनुसार संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्को क्लबको ३४औं साधारणसभा सम्पन्न

१८ श्रावण २०८०, बिहीबार १३:५५
नेपालगञ्ज : सामाजिक क्षेत्रको अगुवा संस्था, बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । साधारणसभामा संस्थागत समीक्षासँगै बाँकेमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष रवि तुलाधरले साधारणसभाको विशेष समारोहमा संस्थाका संस्थापक, वरिष्ठ चिकित्सक, पत्रकार, संस्थाका कर्मचारी र […]