नेपालगञ्ज–१८ का जनप्रतिनिधि चिकित्सकसहितको सेवा लिएर संक्रमितको घरघरमा

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार २०:०१
 


नेपालगञ्ज : कोरोनाको ईपिसेन्टर बनेको नेपालगञ्ज उप–महानगरपालिकामा यतिबेला जनप्रतिनिधि चिकित्सकसहितको सेवा लिएर संक्रमितको घर लिएर संक्रमितको घरघरमा पुग् थालेका छन् ।

यसक्रममा वडा नम्बर १८ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि सोमबारदेखि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको हो ।

वडा अध्यक्ष दिपक वर्माको नेतृत्वमा डा. सुबास योगीसहितका स्वास्थ्यकर्मीहरुको टोलीले सोमबार तेजनगरका संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छन । डा. योगी सहितको टोलीले संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श तथा आवश्यक औषधि समेत सिफारिस गरेको छ ।

चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधि तथा एक्सरे लगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले निशुल्क परीक्षण गराउने तयारी भएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।


संक्रमितहरुको घरमा पुगेर चिकित्सक सहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गर्दा राम्रो रेस्पोन्स पाईएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । गम्भीर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने भएको छ ।

टोलीमा सहभागी नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले गम्भीरखालका विरामीलाई आईसोलेसन तथा अन्य अस्पतालमा रिफर गरिने बताए ।

वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा कोभिड संक्रमितलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको हो । वडामा २६ वटा टोल रहेका छन् । वडा कार्यालयले सम्भव भएसम्म सम्पूर्ण संक्रमितको घरमा पुगेर स्वास्थ्य सेवा दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न अस्पतालमा उपचारत १५ संक्रमितको उपचारको क्रममा मृत्यु

२७ बैशाख २०७८, सोमबार २०:०१
नेपालगञ्ज  : बाँकेका विभिन्न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ८ जना […]