नेपालगञ्जमा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन

सदरलाइन संवाददाता १८ कार्तिक २०७८, बिहीबार १३:४९
 

नेपालगञ्ज : नेपालगञ्जमा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय/सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन गरिएको हो ।

अपाङ्गता भएका ब्यक्तिलगायत सबैका लागि पुनर्स्थापनाको सवालमा पैरवी गर्ने उद्देश्यका साथ गठित समन्वय बैठकको बिषयबस्तु माथि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय परियोजना संयोजक सन्दिप बिकले गरेका थिए भने बैठकमा प्रस्तुतीकरण प्रदेश परियोजना अधिकृत श्रृजना पन्थीले गरेकी थिइन् ।

अपाङ्गता पुनर्स्थापना प्लेटफर्मको उद्देश्यः हेरचाहकर्ताहरुले भोगिरहेका चुनौती र अनुभवहरुको आदानप्रदान गर्ने, पुनस्र्थापनाको सेवाको सवाल र महत्वमा छलफल गर्ने, आवश्यकतानुसार सेवा प्रदायक र बिज्ञहरु, फिजियोथेरापिस्टहरुबाट परामर्श लिन, बजेट विनियोजनका लागि पालिकासंग आवश्यक समन्वय आदि रहेको बताइएको छ । साथै अपेक्षित उपलब्धी, कानुनी तथा नीतिहरुको बारेमा छलफल भएको थियो ।


नेपालगञ्ज उपमहानगरपालिका समन्वय समितिका प्रतिनिधि गोकर्णप्रसाद आचार्यको संयोजकत्वमा नेपालगञ्ज उपमहानगरपालिकामा १७ समिति गठन भएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत, अपाङ्गता समन्वय समितिका पदाधिकारी, अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका प्रतिनिधि, भेरी अस्पतालका फिजियोथेरापी एकाई प्रतिनिधीहरु, फिजियोथेरापिस्ट, पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरु, स्थानिय तहका शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

नेपालगञ्ज उप महानगरपालिकाकी उपमेयर उमा थापा मगरले यो समितिले अपाङ्गता समन्वय समितिको उपसमितिको रुपमा काम गर्ने बताइन् । उनले उपमहानगरपालिका र राष्ट्रिय अपाङ्ग महासंघ मिलेर समितिको प्रभावकारिता र कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३ संक्रमित थपिँदा १३ जना डिस्चार्ज

१८ कार्तिक २०७८, बिहीबार १३:४९
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा १५ नमुना परीक्षण गर्दा […]

ताजा अपडेट