जानकीमा स्वास्थ्यचौकीको सेवा विस्तार गर्न माग

३० जेष्ठ २०७६, बिहीबार १८:२९
 

सदरलाइनडटकम,
जानकी (बाँके) : जानकी गाउँपालिका वडा नंं. ३ इन्द्रपुरस्थित स्वास्थ्य चौकीको भौतिक पूर्वाधार र सेवालाई थप विस्तार गरिनुपर्ने स्थानीयले माग गरेका छन् । जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हातेमालो सञ्चार समूह बाँकेको सहजिकरणमा बिहीवार भएको स्वास्थ्यचौकीको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाईमा सहभागीहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा स्थानीय समाजसेवी हुसेनी यादवले इन्द्रपुर स्वास्थ्य चौकीमा प्रसुती केन्द्र नहुँदा महिलाले नेपालगञ्ज पुग्नुपर्ने वाध्यता रहेकोले आगामी आर्थिकवर्षबाटै प्रसुती केन्द्र सञ्चालन गर्न माग गरे । स्वास्थ्य चौकीको भवन साँघुरो भएकोले तला थप गर्नुपर्ने र विरामीलाई विश्रामस्थल, खानेपानीको व्यवस्था, फोहोर व्यवस्थापन लगायतका सवालमा ध्यान दिनुपर्ने भन्दै उनले वडाका टोलटोलमा गाउँघर क्लिनिक र खोप क्लिनिक भवनको विस्तार गरिनुपर्ने बताए ।
कार्यक्रममा इन्द्रपुुर स्वास्थ्य चौकीका प्रमुख गगनसिंह साउदले आर्थिक वर्ष २०७५/०७६ मा स्वास्थ्य चौकीले प्रवाह गरेको सेवा सुविधा र आगामी आर्थिक वर्षको योजना सार्वजनिक गरेका थिए । उनले इन्द्रपुर स्वास्थ्य चौकीको सेवा प्रवाहमा भन्दा बढी स्थानीयले भौतिक पूर्वाधार र सेवा विस्तारमा गुनासो गरेका थिए । सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रममा इन्द्रपुुर स्वास्थ्य चौकीको स्त्तरोन्नती तथा सेवा विस्तारको लागि विभिन्न ७ वुँदे प्रतिवद्धता जनाईएको छ ।
इन्द्रपुर स्वास्थ्य चौकीमा प्रसुति केन्द्र निर्माण, इन्द्रपुर, बन्जारेगाउँ र जुगनभरियामा गाउँघर क्लिनिक भवन निर्माण, विरामी आश्रय स्थल, इलेक्ट्रिक खानेपानी मेशिन, कर्मोनाह, मानपुर, मोतिपुर, बन्जारेगाउँ र पासीपुरमा खोप क्लिनिक भवन निर्माण हुनुपर्ने, स्वास्थ्य चौकी भवनको तला थप गरिनुपर्ने लगायतका सवालमा प्रतिवद्धता जनाईएको हो । कार्यक्रमको सहजिकरण हातेमालो सञ्चार समूहका अध्यक्ष डिल्ली बिसीले गरेका थिए ।

Next Post

गुठी विधेयकको पक्षमा किसानको र्याली

३० जेष्ठ २०७६, बिहीबार १८:२९
सदरलाइनडटकम, दाङ : संघीय संसदमा पेश भएको गुठी विधेयकको पक्षमा दाङका भुमिहिन किसानहरुले र्याली निकालेका छन् । दश स्थानिय तहबाटै आएका करीब पाँच हजार किसान तथा गुठीको जग्गामा बसोवास गर्दै आएकाहरुले सरकारले संसदमा पेश गरेको गुठी विधेयक पास गरि कार्यान्वयनमा ल्याउन माग गर्दै र्याली गरेका हुन् । दाङ भूमि अधिकार […]