विभिन्न अस्पतालमा उपचारत १५ संक्रमितको उपचारको क्रममा मृत्यु

सदरलाइन संवाददाता २८ बैशाख २०७८, मंगलवार ११:५४
 


नेपालगञ्ज  : बाँकेका विभिन्न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ८ जना बर्दिया र १ जना रुकुम पूर्व र १ कञ्चनपुरका रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, बाँकेकै खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे, बाँकेको जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको मंगलबार बिहान ४ बजे नै मृत्यु भएको छ ।

उनले दिएको जानकारी अनुसार कोहलपुर– ८ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति ७ः१५ मा र खजुरा– २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमै सोमबार राति ११ः१० बजे मृत्यु भएको हो । यस्तै, भेरी अस्पतालमा वैशाख २६ गतेबाट उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको सोमबार राति ८ बजे मृत्यु भएको छ ।


यसैगरी भेरी अस्पतालमा उपचाररत बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको पनि साँझ ६ बजे, बारबर्दिया– ६ की ६३ वर्षीया महिलाको सोमबार राति १० बजे, बढैयाताल– ३ बर्दिया की ७८ वर्षीया महिलाको मंगलबार बिहान ५ः३० बजे, बाँसगढी नगरपालिका– ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राति १० बजे तथा बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको थियो । भने दुई जनाको आर्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । दुबै जना बर्दियाका हुन ।

योसँगै बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा नं १३ का जनप्रतिनिधि डाक्टरसहित घरमै परामर्श

२८ बैशाख २०७८, मंगलवार ११:५४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ ले डाक्टरसहित संक्रमितको घरमा पुगेर सेवा दिइरहेको छ । १३ नम्बर वडाका अध्यक्ष बिरेन्द्र शाह लगायत जनप्रतिनिधि डाक्टर पारस श्रेष्ठसहित वडामा संक्रमित हुन पुगेकाहरुको घरमा पुगेर स्वास्थ्य परामर्श दिँदै आएको हो । कोरोनाको ईपिसेन्टर बनेको नेपालगञ्ज उपमहानगरपालिकामा यतिबेला जनप्रतिनिधि चिकित्सक सहितको सेवा लिएर […]