कञ्चनपुरमा अस्थायी होल्डिङ सेन्टर निर्माण

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार ११:४०
 

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डीङ सेन्टर निर्माण थालिएको छ । भीमदत्त नगरपालिका, निड्स नेपाल र नेपाली सेनाको साझेदारीमा निर्माण गरिएको हो ।

भारतबाट फर्कने सर्वसाधरणहरुलाई कोरोना परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो । सेन्टर निर्माणका लागि सामग्री व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै ठाउँ रहने उनले बताए ।


नेपाली सेनाले निर्माणको कार्यसँगै सञ्चालनको जिम्मेवारी लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१७ लाख ५० हजार भारतीय रुपैयाँसहित चौधरी पक्राउ

२७ बैशाख २०७८, सोमबार ११:४०
बर्दिया  : बर्दिया प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बर्दिया राजापुर नगरपालिका–४ सत्तिघाटबाट कैलाली टिकापुर नगरपालिका–१ का २९ वर्षिय गोपाल चौधरी सो रकम सहित पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट १७ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेएको जिल्ला प्रहरी कार्यालय […]