सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेशनमा राखेर उपचार गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । सफ्दरगञ्ज अस्पतालमा निगरानीमा राखिएका २३ वर्षका व्यक्तिले अस्पतालको सातौँ तलबाट हामफालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ती युवालाई बुधवार ९ बजे अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई आइसोलेशन वार्डमा सारिएकोमा सवा ९ बजेतिर उनले हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल रिफर गरिएको थियो ।
टाउको दुखेको भनेपछि उनलाई विमानस्थमै परीक्षण गरिएको थियो र त्यसपछि उनलाई अस्पताल पठाइएको हो । उनी एयर इन्डियाको फ्लाइटबाट दिल्ली पुगेका थिए ।
उनी विगत एक वर्षदेखि अष्ट्रेलियाको सिड्नी बस्दै आएका थिए । बुधवार उनी पञ्जाबको नागपुरमा रहेको घर जानका लागि आएका थिए ।
Next Post
कालोबजारी रोक्न बर्दियामा अनुगमन तीब्र
६ चैत्र २०७६, बिहीबार १२:५५
सम्बन्धित
-
२१ चैत्र २०७९, मंगलवार १३:१९
राप्तीसोनारीमा आम्दानीको श्रोत बन्दै कागती खेती
-
९ श्रावण २०७३, आईतवार १३:५४
राष्ट्रसंघ महासचिवका लागि एन्टोनियो अगाडि
-
१ बैशाख २०७५, शनिबार १३:२७
शुभकामना आदानप्रदानसंगै जेष्ठ नागरिक सम्मान
-
२८ असार २०७७, आईतवार १४:४६
कोरोना देखिएपछि हिरासत कक्ष सिल
-
९ कार्तिक २०७८, मंगलवार १२:३१
नदीमा हामफालेर महिलाले गरिन आत्महत्या
-
६ आश्विन २०७९, बिहीबार १४:२०
बाँकेमा जिल्ला न्यायाधिश महरा मुख्य निर्वाचन अधिकृत