बाँकेको जनाकी गाउपालिकामा भूमि आयोगको ईकाई स्थापना

सदरलाइन संवाददाता १४ माघ २०७७, बुधबार १९:३१
 


जानकी (बाँके) :  बाँकेको जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन तथा अयवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको उद्घाटन गरिएको छ । सो ईकाईको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन ।

सो कार्यक्रममको उद्घाटन सत्रमा बोल्दै मन्त्री ज्ञवालीले सरकारले सेवा गर्नु पर्ने लक्षित समुह कुन् हो भन्ने कुराको निक्र्याैल गर्दै भूमि सम्बन्धित सबै समस्याको समाधान हुने गरी सो ईकाई उद्घाटन गरिएको जानकारी दिए ।

नेपालमा ठुलो संख्यामा भुमिहिनहरु रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले रातिमा आकाश ओढेर र भुईं विछ्याएर बाँच्नु परेको अवस्थाको अन्त्यका लागि यो अति नै महत्वपुर्ण रहेको दाबी गरे ।

मन्त्री ज्ञवालीले नेपालमा विगतका दिनमा रहेको सामन्ती राज्य व्यवस्था र त्यो व्यवस्थाले निर्माण गरेको सामन्ती भु–स्वामित्वको उपज आजका भुमिहिनहरु भएको बताउदै अब त्यो अवस्था नरहने दाबी गरे ।


सोे अवसरमा भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले भुमि आयोग नै भुमीहीनहरुको वडा र टोलमा आएको हुनाले यस ईकाई मार्फत जग्गा प्राप्त गर्नका लागि भुमीहीनहरुले अब कतै धाउन नपर्ने दाबी गरे । उनले भने–‘ विगतमा आयोग शहर केन्द्रीत हुथ्यो र दुख दिन्थ्यो अहिले आयोग गाउमै तपाईको घरदैलोमै आएको छ । तपाईको घरमै आएर तपाईको समस्याको लागत लिनेछ । सहयोग गर्नुहोला ।’

कार्यक्रममा जानकी गाँउपालिकाका प्रमुख रामनिवास यादव, उपाध्यक्ष भुमिसरा धिताललगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Next Post

प्रधानमन्त्रीले जनअधिकारमा कुठाराघात गरे : उपेन्द्र यादव

१४ माघ २०७७, बुधबार १९:३१
नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताएका छन् । अबधि पत्रकार संघ बाँकेले विहीवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताका हुन् । जननिर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाउँदै अध्यक्ष […]

सम्बन्धित