खजुरा क्यान्सर अस्पतालमा पहिलो पटक नाकको मेजर सर्जरी

सदरलाइन संवाददाता १४ आश्विन २०७८, बिहीबार १५:३१
 

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले नाकको मेजर सर्जरी गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा दिनेक्रममा बिहीवार पहिलो पटक १३ वर्षीय बालकको नाकको मेजर सर्जरी गरेको हो ।

बढैयाताल गाउँपालिका–१ डाँफे बर्दियाका १३ वर्षीय अविनय सुनारको नाकको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आर्चायले जानकारी दिए ।


ती बालकको नाकको हड्डी बांगिएको थियो । चिकित्सकिय भाषामा यसलाई (डिएनएस डिभिएटेम नसल सेप्टम) भनिन्छ । इएन्टी सर्जन डा. रवि स्वाँर र डा आनन्द कर्णलगायतको विशेषज्ञ टीमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । यसअघि घाटीको पनि मेजर सर्जरी गरिएको थियो ।

घण्टीमा प्वाल परेको अवस्थामा अस्पताल आएका ती बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामग्री बरामद

१४ आश्विन २०७८, बिहीबार १५:३१
नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जबाट भन्सार छलिको अवैध सामान बरामद गरेको छ । नेपालगञ्ज उमहानगरपालिका–१० बाट झन्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । लत्ताकपडा, विद्युतिय सामान, घन्टीलगायतको १ लाख ८३ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको एसपी श्यामकृष्ण अधिकारीले बताए । […]