१७ लाख ५० हजार भारतीय रुपैयाँसहित चौधरी पक्राउ

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार १३:१०
 


बर्दिया  : बर्दिया प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बर्दिया राजापुर नगरपालिका–४ सत्तिघाटबाट कैलाली टिकापुर नगरपालिका–१ का २९ वर्षिय गोपाल चौधरी सो रकम सहित पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट १७ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया प्रमुख तथा प्रहरी उपरिक्षक ईश्वर कार्कीले कैलालीबाट राजापुर आउँदै गरेका चौधरीलाई मोटरसाईकल नं. सुपप्र ०१००८ प ८१४५ बाट सो रकम बरामद गरिएको बताए ।


इलाका प्रहरी कार्यलय राजापुरबाट प्रहरी हवल्दार भक्तबहादुर थापाको कमाण्डमा गएको टोलीले कर्णाली सत्तिघाट पुलमा चेक जाच गर्दा चौधरीको साथबाट सो पैसा फेला परेका हुन ।
चौधरीले बोकेको कालो रंगको झोलाभित्र प्लाष्टिकको दुई वटा पोकामा रकम भेटिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जेठ ३ गतेसम्मका लागि निषेधज्ञा थप

२७ बैशाख २०७८, सोमबार १३:१०
नेपालगञ्ज : कोरोना संक्रमण अप्रत्याशित रुपमा बृद्धिभएपछि बाँकेमा जारी निषेधज्ञा आगामी जेठ ३ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमण बृद्धिका कारण असहज बन्दै गईरहेको परिस्थितिलाई मध्येनजर गर्दै थप एक हप्ताका लागि निषेधाज्ञा जारी गरीएको जनाएको छ । संक्रमणको चेनब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरिए […]