जेष्ठ नागरिक क्लबको अध्यक्षमा अजित शर्मा

सदरलाइन संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १७:१२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको छ । अजित कुमार शर्माको अध्यक्षतामा बिहीवार १५ सदस्यीय जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा बुद्धिमाया बज्राचार्य र लाल बहादुर मल्ल, सचिव धर्मदत्त सुवेदी, कोषाध्यक्ष नारायणप्रसाद शर्मा र तारा कुमारी थापा राना मगर रहेका छन् ।


यस्तै सदस्यहरुमा ओमप्रकाश शर्मा, राधा पौडेल, शान्ति कोरी, चन्द्रकला शर्मा, लिलावती थापा राई, हरिभजन चिडिमार, अमरिका रैदास, व्रिजरानी चिडिमार र श्यामलाल नेपाली छन् । यस्तै क्लबको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

डम्बरराज सुवेदी संयोजक रहेको सल्लाहकार समितिमा दिवाकर गौतम, नरनारायण सेन, लोकनाथ शर्मा, सुमित्रा बुढाथोकी र सत्तार शेष छन् । बिहीवार सम्पन्न भेलाले जनकराम भण्डारीलाई नगर प्रतिनिधि चयन गरेको वडाध्यक्ष तरुण कुमार बज्राचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शहिद सेतु विकको शालिक तोडफोडप्रति एमाले बाँकेको आपत्ति

१९ जेष्ठ २०७९, बिहीबार १७:१२
नेपालगञ्ज : शहिद सेतु विकको शालिक तोडफोड गरेको प्रति नेकपा एमाले बाँकेले आपत्ति जनाएको छ । एमाले बाँकेका अध्यक्ष किस्पमत कुमार कक्षपतिले शालिक तोडफोड गरिएको प्रति घोर निन्दा गर्दै भत्र्सना गरेका छन् । ०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनु पर्नेमा जनआन्दोलनमा ज्यान गुमाउने शहिदकै […]