बाँकेमा उपचाररत थप नौ जनाको कोरोनाबाट मृत्यु

सदरलाइन संवाददाता १६ बैशाख २०७८, बिहीबार १३:५८
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि भइरहेको छ । बाँकेमा उपचाररत थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत कैलाली टिकापुर १ की ५१ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनको बिहीवार बिहान १० बजे मृत्यु भएको हो । त्यस्तै बाँकेको नेपालगञ्ज ८ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहीवार बिहान साढे १० बजे मृत्यु भएको ओलीले बताए ।

यसैगरी भेरी अस्पतालमा उपचाररत कैलाली लम्कीचुहा १ का ४३ बर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । उनको बिहीवार बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।


त्यस्तै कोरोना फोकल पर्सन ओलीका अनुसार बाँकेस्थित खजुरा २ की ६७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार बिहान ८ बजे मृत्यु भएको हो ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज ४ का ६० वर्षीय पुरुष, नेपालगञ्ज ५ का ५५ वर्षीय पुरुष, नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुष र बढैयाताल ८ का ३२ वर्षीय पुरुष तथा नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर ११ की ४३ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०८ र बाहिरी जिल्लाका १११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरका कर्मचारी र जनप्रतिनिधीसहित १२४ जनामा कोरोना

१६ बैशाख २०७८, बिहीबार १३:५८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरतमध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेशनमा रहेका छन् । संक्रमितमध्ये २४ जना स्वास्थ्यकर्मी रहेका […]