नेपालगञ्जमा मतदातालाई धन्यबाद दिन गठबन्धनको संयुक्त र्याली

सदरलाइन संवाददाता ७ जेष्ठ २०७९, शनिबार १३:३४
 


नेपालगञ्ज :  गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित काँग्रेस–जसपा गठबन्धनका तर्फबाट नेपालगञ्ज उपमहानगरमा विजयी मेयर उपमेयरले नेपालगञ्जमा बिजयी र्याली निकालेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका नगरप्रमुखका बिजयी उम्मेदवार प्रशान्त बिष्ट र गठबन्धन कै तर्फबाट जपसाका उपप्रमुखका बिजयी उम्मेदवार कमरुद्दिन राईको संयुक्त बिजयी र्याली निकालेका हुन ।

नेपालगञ्जको जमुनाहबाट सुरु भएको सो र्यालीमा नवनिर्वाचित मेयर विष्ट, उपमेयर राई, बाँके निर्वाचन क्षेत्र नं. २ का संघिय संसद ईस्तियाक राई, लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्रबहादुर हमाललगायतको सहभागिता रहेको थियो ।

गठबन्धनका तर्फबाट मतदाताहरुलाई धन्यवाद दिन र खुसियालीमा संयुक्त बिजयी र्याली निकालिएको हो । बिहान ७ बजे जमुनाह जैसपुरवाट राँझा चोकसम्म र राँझा चोकबाट त्रिभुवन चोकसम्म पुगेर र्याली समापन भएको थियो ।


२३ वडा रहेको नेपालगञ्जमा गठबन्धनका जसपाले उपमेयर सहित छ जना वडा अध्यक्ष र नेपाली काँग्रेसले मेयर सहित ५ जना वडा अध्यक्ष जितेको छ । यसैगरी एमालेले ५ वडा, माओवादी केन्द्रले ४ र राप्रपाले ३ वडामा जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा पुनः शाह र श्रीबास्तब

७ जेष्ठ २०७९, शनिबार १३:३४
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । यो जसपाको दोस्रो कार्यकाल हो । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भए । उनीहरु दुबै जना पालिकामा दोस्रोपटक निर्वाचित भएका हुन । जसपाका शाहले कांग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले कांग्रेसकै अतिकुन […]