बाँकेमा आइतवार दुईजनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २७ भाद्र २०७८, आईतवार १५:११
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । ती खजुरा र कोहलपुरका हुन् । मेडिकल कलेज कोहलपुरमा २६ र बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।


योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै आइतवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु समुदायले हर्षोल्लासका साथ अटवारी पर्व मनाउँदै

२७ भाद्र २०७८, आईतवार १५:११
नेपालगञ्ज : थारु समुदायले आइतवार अटवारी पर्व मनाउँदै छन् । भदौ महिनाको कृष्ण अष्टमीपछि शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने […]