पत्रकार सुवेदीको उपचारका लागि सहयोग सङ्कलन अभियान

११ माघ २०७५, शुक्रबार १३:३२
 

म्याग्दी,  : कलेजो र पित्तनलीको समस्याले थलिनु भएका मोफसलका पत्रकार अर्जुन शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, ओमकुमारी शान्ति कोषलगायत सङ्घ संस्थाहरूले बेनी नगरपालिका–९ जम्रेनीका सुवेदीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका हुन् ।

पत्रकार महासङ्घको बिहीबार बसेको बैठकले शाखाकोतर्फबाट रु १० हजारका साथै सदस्यबाट स्वेच्छिकरुपमा सहयोग उपलब्ध गराउने निर्णय गरेको शाखा अध्यक्ष तारानाथ शर्माले जानकारी दिनुभयो ।

सिद्धार्थ बैंकको बेनी शाखाका कर्मचारीले खाजा खर्च कटाएर रु आठ हजार २०० सहयोग गरेका छन् । अस्टे«लीयामाा बसोबास गर्दै आएका म्याग्दी जलजला परिवारले सञ्चालन गरेको अभियानबाट बिहीबारसम्म एक हजार ५०० डलर सङ्कलन भएको सुवेदीका आफन्त मुक्ति सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीलाई उपचारका लागि केही दिनअघि भारतको गङ्गाराम अस्पतालमा लगिएको छ । मध्यम वर्गीय परिवारका सुवेदीको उपचारका लागि रु ४० लाखभन्दा बढी आवश्यकपर्ने परिवारले जनाएका छन् । पत्रकार सुवेदी एक दशकदेखि नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ ।

एक करोडको घुम्ती कोष परिचालन

म्याग्दीको धवलागिरि गाउँपालिकामा विपन्न वर्गको आयआर्जनका लागि करीब रु एक करोडको घुम्ती कोष परिचालन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सङ्गम म्याग्दीमार्फत सञ्चालित सामुदायिक विकास परियोजनाले सहकारी संस्थामार्फत सो कोष परिचालन गरेको हो ।

मुनाको मुनाल कृषि, गुर्जाको हिमाली कृषि, मुदीको नमुना धौलागिरि र लुलाङको नमूना उद्यमशीलता महिला विकास सहकारी संस्थामार्फत सहुलितय ब्याजदरमा घुम्ती कोष परिचालन गरिएको परियोजनाका उद्यम विकास अधिकृत धनमाया किसानले बताउनुभयो ।

अधिकृत किसानका अनुसार पाँच सहकारी संस्थामार्फत विभिन्न उद्यम, व्यवसाय सञ्चालन गर्नका लागि रु ६० लाख ६६ हजार १८० घुम्ती कोष र रु २६ लाख ७५ हजार २७६ अनुदान उपलब्ध गराइएको छ ।


एकपटकमा एक जनाले रु एक लाखसम्म छ प्रतिशत ब्याजदरका दरले घुम्ती कोषबाट सुविधा लिन पाउने सुविधा छ । घुम्ती कोषबाट ऋण लिएर बेकरी उद्योग, मोटरसाइकल मर्मत, तरकारी खेती, सिलाइकटाइ, होमस्टे, स्विटर बुनाइ, कुटानी पिसानी मिल, बाख्रा, कुखुरा, बङ्गुरपालनलगायत व्यवसाय गरेका छन् ।

मुनाल कृषि सहकारी संस्थाबाट घुम्तीकोष र अनुदानसहित थप स्वलगानी गरेर मुनामा विद्युतीय मिल सञ्चालन गर्नुभएका मेघबहादुर शेरपुञ्जाले स्वरोजगार बन्नाका साथै छोराछोरी पढाउन र घरखर्च जुटाउन सहज भएको बताउनुभयो ।

रु दुई लाख २१ हजारको लगानीमा विद्युतीय मिल स्थापना गर्नुभएका शेरपुञ्जाले सहकारीबाट रु ६० हजार ऋण र परियोजनाले प्रोत्साहनस्वरुप रु २७ हजार अनुदान उपलब्ध गराएको थियो ।

उद्यमीले व्यवसाय सञ्चालनका लागि स्वलगानी पनि गरेका छन् । सहकारी संस्थामार्फत पनि आयआर्जनका गतिविधिमा सहयोग पु¥याइएको छ । परियोजनाको सहयोगमा मुनाल कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ ।

सहकारी संस्थाले स्थानीयवासीमा बचतको बानी विकास, व्यक्तिबाट महङ्गोमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य र आर्थिक कारोवार गर्न सहज भएको मुनाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

शिक्षाको पहुँचदेखि टाढिएका आर्थिकरुपमा विपन्न र गरीब समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने र टिकाइराख्न सहयोग पुगोस् भनेर परियोजनाले अभिभावकको आयआर्जनमा सहयोग गरेको हो ।

गुर्जा, धौलागिरि हिमाल, जलजला, ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रीय र गुरिल्ला पदमार्गमा समेटिएका यस परियोजना लागू भएका गुर्जा, मुना, लुलाङ, मुदी, नाउरा, बगरका ५० घरमा होमस्टे पनि सञ्चालन भएको छ । रासस

Next Post

बिन्दु कुँवर उपाचार सहयोग समिति गठन

११ माघ २०७५, शुक्रबार १३:३२
सदरलाइनडटकम, नेपालगञ्ज : तत्कालिन महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत महिला बिकास निरिक्षक बिन्दु कुवँर बिगत एक वर्षदेखि क्यान्सरबाट पीडित छन् । उनको जीवन रक्षाको लागि सहयोग जुटाउन बाँकेमा रहेका विभिन्न क्षेत्रबाट पहल सुरु भएको छ । हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत कुँवर करिव १ बर्षदेखि क्यान्सर […]