नेपालगञ्ज उपमहानगरका कर्मचारी र जनप्रतिनिधीसहित १२४ जनामा कोरोना

सदरलाइन संवाददाता १६ बैशाख २०७८, बिहीबार १४:०५
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरतमध्ये हालसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेशनमा रहेका छन् ।


संक्रमितमध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधीहरुमा कोरोना देखिएको हो । चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ । कोरोना संक्रमित हुनुभएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भएको छ ।

जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको मेयर डा. धवलशम्शेर राणाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीको परीक्षणमा २१४ जनामा कोरोना पुष्टि

१६ बैशाख २०७८, बिहीबार १४:०५
नेपालगञ्ज : भेरी अस्पताल, नेपालगञ्जमा २१४ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा २८८ जनाको स्वाब परीक्षण गर्दा २१४ जनामा कोरोना पुष्टि भएको जनाएको छ । नयाँ संक्रमितमध्ये १९२ जना बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेको बाँकेका कोरोना फोकल पर्सन […]