एक्सन एड नेपाल र बी ग्रुपद्वारा आईशोलेनका लागि अक्सिजन सिलिण्डर हस्तान्त्रण

सदरलाइन संवाददाता १४ बैशाख २०७८, मंगलवार २०:०६
 


नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा अप्रत्याशित फैलिएको कोरोना संक्रमणका कारण निम्तिएको परिस्थितिमा कोरोना संक्रमितलाई आवश्यक पर्ने हाईफ्लो अक्सिजन सहितको आईशोलेशन सञ्चालन गर्नको लागि साढे ५ लाख बढीको अक्सिजन सिलिण्डरसहतिका उपकरण हस्तान्त्रण गरिएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमितको चाप बढेसंगै अस्पतालमा उपचारको लागि बेड अभाव हँुदा नेपालगञ्ज उपमहानगरले अक्सिजन सुबिधा सहितको आइशोलेशन बनाउने क्रममा बी ग्रुप र एक्सन एड नेपालको सहकार्यमा ५ लाख ६९ हजार ४ सय ९० रुपैया बराबरको अक्सिजन भरिएको २० थान सिलिण्डर र सञ्चालनको लागि आवश्यक उपकरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके मार्फत उपमहानगरलाई हस्तान्त्रण गरिएको बी ग्रुपका निर्देशक डम्बर सुनारले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोराना महामारीको बेलामा संक्रमितको लागि आईशोलेलनमा अक्सिजन सहितको बेड सञ्चालनको लागि अक्सिजन लगायतको सामाग्री उपलब्ध गराउने बी ग्रुप र एक्सन एड नेपाललाई धन्यबाद व्यक्त गर्दै सहकार्य जारी राख्न आग्रह गरे ।

नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापमगरले उपमहानगरमा मात्रै सक्रिय संक्रमित २ हजार बढी भएको र यी मध्ये अधिकांश हाईफ्लो अक्सिजन आवश्यक पर्ने अवस्थाका रहेको र उनीहरुको उपचारको लागि अस्पतालमा समेत बेड अभाव भएपछि आईसोलेशन मात्रले असहज हँदा उपमहानगरले ५० बेडको अक्सिजनसहितको आईसोलेशन सञ्चालन गर्ने तयारी गरेकै बेलामा प्राप्त सामाग्रीले आफुहरुको हौसला थपेको बताईन ।


नेपालगञ्ज उपमहानगरले ५० बेडको आईशोलेशन निर्माण गर्ने स्थलमा बी गु्रपका डम्बर सुनार तथा एक्सन एड नेपालका सुनिता तिवारीले सो सामग्री प्रजिअ गेलाललाई हस्तान्त्रण गर्नुको साथै सोही अवसरमै प्रजिअ गेलालले उपमहानगरलाई हस्तान्त्रण गरेका थिए ।

नेपालगञ्ज उपमहानगरले होम आईशोलेशन मापदण्ड नभएका संक्रमितको लागि सामान्य अवस्थाका संक्रमितको लागि व्हाईट हाउस होटमा १२० बेड बराबरको आईशोलेशन सञ्चालन गरेको छ भने नारी सेवा केन्द्रको तालिम कक्षमा ५० बेड अक्सिजनसहितको आईशोलेशन सञ्चालनको तयारी तीब्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेका दुई जनाको मृत्यु

१४ बैशाख २०७८, मंगलवार २०:०६
नेपालगञ्ज : कोरोनाबाट बाँकेका थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञज उपमहानगरपालिका वडा नम्बर १७ की ३९ वर्षीया महिला र नेपालगञ्ज १२ का ६५ वर्षीय पुरुषको मंगलवार राति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट बाँकेका ९९ जनाको […]

सम्बन्धित