सदरलाइन / लक्ष्मी तिमिलसेना,
नेपालगञ्ज : कोबिड–१९ को संक्रमणबाट जोगिन आव्हान गरीएको लकडाउनको कारण सबै क्षेत्र प्रभावित भएको छ । यसै अवस्थामा बाँके खजुरा गाँउपालिका वडानं. ५ उढरापुरकी ३४ वर्षिया कैसर जोलाहा दुई जिउकी भईन ।
लकडाउनको बेलामा उनलाई घरमै बसिरहनु पर्दा मानसिक समस्यामा परिन । कोरोना भाईरसको संक्रमण हुने डरले गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी समेत जान नपाएकी उनले गर्भमा रहेको बच्चा र आफ्नो स्वास्थ्य कस्तो हुने हो भन्ने चिन्तामा पर्दै आएकोे उनले बताइन् ।
उनलाइ सुत्केरी हुने बेला उढरापुर कै स्वास्थचौकी लैजाने साधन मुस्कीलले फेला पारे उनका श्रीमान कमाल जोलाहाले । जब स्वास्थ्य चौकी पुगे त्यहाँका स्वास्थ्यकर्मी नजिकै आउन पनि नमानेको नमिठो अनुभव छ जोलाहासंग । कारण थियो कोरोना भाईरसको संक्रमण र लकडाउन ।
‘मान्छेले मान्छेलाई नछुने अवस्था छ । श्रीमती सुत्केरी हुन ४ महिना बाँकी हुँदा लकडाउन भयो । मान्छे नजिक पर्न पनि डराउने अवस्थामा कसरी श्रीमतिलाई स्वस्थ राखुँ’– कमाल भन्छन्–‘मजदुरी गरेर खाने मान्छे एक त आफुसंग काम छैन । अर्को तिर पोषिलो खानाका लागि बजार छैन ।’
बर्दिया मधुवन नगरपालिका तारातालकी राजकुमारी थारु सुत्केरी हुन भारतको गोवाबाट नेपाल आईन । पैसा कमाउन भन्दै २ बर्ष अघि राजकुमारी पनि श्रीमानसंगै भारतको गोवा गएकी थिईन् । तर, गर्भवती भएपछि भने श्रीमानले नेपाल जान सुझाए । उनि आफन्तको स्याहार र आफ्नै ठाँउमा बच्चा जन्माउने मनसाय लिएर ५ महिना अघि नेपाल फर्किन् । उनले आफन्तको स्याहार त पाईन् तर, सोचे जस्तो स्वास्थ सेवा र पोषिलो आहार भने पाउन सकिनन् । कारण थियो लकडाउन ।
सुर्खेत गुर्भाकोट नगरपालिका जहरेकी १९ बर्षिय गिता बोहोरा पहिलो सन्तान पाउने हुँदा खुशी थिईन । तर, अब भने उनलाई सुत्केरी अवस्थामा भएको खानपान र नियमित स्वास्थ परिक्षणको अभावमा आफु र आफ्नो शिशु स्वास्थ भईदैन कि भन्ने पिर कै बेलामा नेपालगन्जको भेरी अस्पतालमा उनले बच्चा जन्माईन ।
‘न समयमा नियमित गर्भजाँच गर्न पाईयो । न त पोषिलो खानानै किनेर खान पाईयो । जन्मने वित्तिकै बच्चालाई जण्डिस पनि देखिएको छ ।’ उनि थप्छिन्–‘गत पुसमा भारत गएका श्रीमान पनि लकडाउनकै कारण भारतबाट घर आउन सक्नु भएको छैन । के गर्ने के गर्ने भएको छ ।’
उढरापुरकी कैसर, तारातालकी राजकुमारी र सुर्खेतकी गिता बोहरा प्रतिनिधि पात्र मात्रै हुन् । उनि जस्ता धेरै आमाहरुले अहिलेको अवस्थामा यस्ता विभिन्न खाले सास्ती भोगिरहेका छन् । चाहे खानपानको मामिलामा होस्, चाहे त्यो नियमित स्वास्थ जाँचको मामलामा होस ।
पछिल्लो समय सुत्केरीमा पनि कोरोना भएको पुष्टि भईसकेपछि सुत्केरीहरु अस्पताल आउन झनै डराएको डुडुवा गाउँपालिकास्थित आधारभूत स्वास्थ्य केन्द्र शाहपुर्वामा कार्यरत स्वास्थ्यकर्मी सिमा घर्तिमगर खान बताउछिन् ।
‘बर्खाको समयमा यातायातको असुविधाको साथै अस्पताल गए रोग सर्छ भन्ने डर जस्ता कारणले अन्तिम अवस्थामा मात्रै अस्पताल वा स्वास्थ्य केन्द्रमा पु¥याउनु, कोरोनाको डरकै कारण एम्बुलेन्सजस्ता यातायातका साधन सजिलै नपाइनु, नीजि गाडीलाई चर्को भाडा तिर्नुपर्ने बाध्यताले गर्दा समयमै अस्पताल पु¥याउन नसकेर पनि सुत्केरी तथा गर्भवति महिलाले सास्ती पाउने गरेको उनले बताईन ।
अहिले सङ्क्रमणको उच्च जोखिम भएकोले खासगरी गर्भवती तथा सुत्केरी महिलाले खानेकुरा, सरसफाइ, नियमित स्वास्थ्य चेकजाँचमा विशेष ख्याल राख्नु पर्ने उनि सुझाव दिन्छीन् ।
उनी भन्छिन्,–‘कोडिभ–१९को बेला पनि गर्भवती तथा सुत्केरीलाई उपचार गर्न समस्या नभएकोले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन र आवश्यक परे फोनबाटै स्वास्थ्यकर्मीको सल्लाह लिन सकिन्छ ।’