कोरोनाबाट बाँकेका दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १३:२५
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेका थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञज उपमहानगरपालिका वडा नम्बर १७ की ३९ वर्षीया महिला र नेपालगञ्ज १२ का ६५ वर्षीय पुरुषको मंगलवार राति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट बाँकेका ९९ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीको परीक्षणमा २३३ मा कोरोना पुष्टि

१५ बैशाख २०७८, बुधबार १३:२५
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी २३३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये, १३९ जना पुरुष र ९४ जना महिला रहेका छन […]