कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १२ असार २०७८, शनिबार ११:०३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बारबर्दिया नगरपालिका वडा नम्बर ७ बर्दियाकी ५२ वर्षीया महिला र रोल्पा नगरपालिका ४ रोल्पाका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५६ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाईंदै

१२ असार २०७८, शनिबार ११:०३
नेपालगञ्ज : शनिवार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ । नेपालमा यस वर्ष लागुऔषधरहित परिवार स्वस्थ जीवनको […]