नेपालगञ्जमा १० वटा केन्द्रबाट दादुराविरुद्धको खोप लगाईंदै

सदरलाइन संवाददाता २६ पुष २०७९, मंगलवार १४:३५
 

नेपालगञ्ज : नेपालगञ्जका ६ वटा वडाका १० खोप केन्द्रबाट एकसाथ दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज वडा नम्बर ४, ५, ७, ८, १४ र १५ का १० वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइँदैछ ।

जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार वडा नम्बर ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, वडा नम्बर ५ को डिएसपी रोडस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्बर ७ को आधारभूत स्वास्थ्य केन्द्र गगनगञ्ज र कसगर टोलमा दुई वटा खोप केन्द्र, वडा नम्बर ८ को आधारभूत स्वास्थ्य केन्द्र महेन्द्रपार्क र एमपी स्कूलमा दुई वटा खोप केन्द्र सञ्चालन गरिएको छ । यस्तै वडा नम्बर १४ को बालेगाउँ र नयाँ बस्ती तथा वडा नम्बर १५ को टपसरी मदरसा र नेपाल सिंहको घरमा दुई÷दुई वटा खोप केन्द्र रहेका छन् ।


खोप अभियान अन्तर्गत हिजोसम्म चार दिनमा नेपालगञ्जका २११९ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । खोप प्रभावित वडाहरुमा खोप कभरेज बढाउन विभिन्न ठाउँहरुमा अभिमुखीकरण कार्यक्रम पश्चात तय गरिएका ठाउँहरुमा खोप केन्द्र सञ्चालन गरिएको चन्दले जानकारी दिए । बाँकेमा हालसम्म ९२ जना दादुराका विरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेज कोहलपुरमा सिरिन्ज लगाउँदा रोकायको मृत्यु

२६ पुष २०७९, मंगलवार १४:३५
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकायलाई सिरिन्ज लगाउँदा मृत्यु भएको छ । बैजनाथ गाउँपालिका १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य ओठ काटिएको थियो तर उनको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा आएका उनको रगत रोक्नका लागि लगाइएको सिरिन्जका कारणले गर्दा उनको मृत्यु […]