डुडुवा गाउँपालिका ६ हिरमिनियामा शनिबार रक्तदान

१० भाद्र २०७४, शनिबार २०:४४
 

सदरलाइनडटकम 
१० भदौ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । श्रीकृष्णा कृषक सहकारी संस्था लिमिटेड डुडुवा–६ बल्दीपुर्वाको आयोजना र ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा बाँकेको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३३ जनाले रक्तदान गरेको सहकारी संस्थाका गुरुदीन यादवले दिए । उनले नजिकिदो पर्व र हालैको बाढीका कारण हुनसक्ने विपत्तिमा उपचारको लागि रगतको अभाव हुन नदिन कार्यक्रमको आयोजना गरेको बताए ।
सो अवसरमा ६ नं. वडा अध्यक्ष मोहनराम मिश्र गोकर्णको अध्यक्षता एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन बाँकेका प्रमुख देवेशकुमार मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला, पुरुष, बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी गरी ३३ जनाले रक्तदान गरेको वडा सचिव ऋषिराज गौतमले जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको गुलारियामा पुग्यो लायन्सको राहतको जस्तापाता

१० भाद्र २०७४, शनिबार २०:४४
सदरलाइनडटकम १० भदौ, बर्दिया : लायन्स क्लव ईन्टरनेशनल, डिष्टिक ३२५ बि १ र बि २ ले गत साउन २८ गते आएको बाढीका कारण विस्थापित बर्दिया गुलरियाका पीडितहरुलाई घर बनाउन जस्ता पाता सहयोग गरेको छ । बर्दियाको गुलरिया नगरपालिका कार्यालय परिसरमै एक कार्यक्रमको आयोजना गरी गुलरिया नगरपालिका वडा नं. ५ र […]