बाँकेमा मंगलवार १०६ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता १४ बैशाख २०७८, मंगलवार १७:१२
 

नेपालगञ्ज : बैशाख महिनाको शुरुवातबाटै कोराना हटस्पट बनेको बाँकेमा संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । संक्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो संख्यामा संक्रमितले कोरोना जितेर घर फर्किन थालेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उच्च मनोबलका साथ कोरोनासंग लडेका १०६ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार ५० महिला र ५६ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन् ।


बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका थिए । तर, मगंलवार मात्रै १०६ जनालाई संक्रमणमुक्त बनाई घर पठाउन पाउँदा निकै खुशी लागेको ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४७६ मध्ये ३८३ जनामा कोरोना पुष्टि

१४ बैशाख २०७८, मंगलवार १७:१२
नेपालगञ्ज : बाँकेको भेरी अस्पतालमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिपोर्ट सोमबार साँझ सार्वजनिक हुनुपर्ने भएपनि अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ । बैशाखयता २४ घण्टा संकलन गरिएको नमुनामा यति धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो […]