नेपालगञ्ज–१ र कोहलपुर–३ मा एकै घरका दुई दाजुभाई वडा अध्यक्षमा भिड्दै

सदरलाइन संवाददाता १४ बैशाख २०७९, बुधबार १४:४७
 

नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बाँकेका दुई पालिकामा एकाघरका दुई दाजुभाई फरक–फरक राजनीतिक दलबाट मुख्य प्रतिश्पर्धी रहेका छन ।

नेपालगञ्ज उपमहानगरपालिका–१ मा एमालेबाट भाई प्रमोद रिजाल र दाजु बिनोद रिजालले काँग्रेसबाट वडा अध्यक्षका लागि फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन । भाई प्रमोद २०७४ मा निर्वाचित वडा अध्यक्ष हुन ।


 उनी उपमहानगरपालिकाको प्रवक्ता समेत भएका थिए । वडाध्यक्ष हुनु अघि प्रमोद कानुन व्यवसायी संगै एमालेका  युवा संघमा क्रियाशिल थिए । कांग्रेसबाट उम्मेदवार भएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हाल तरुण दल बाँकेको सचिव हुन ।

त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको हो ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला पनि ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै छन् । जिल्लाको आठ स्थानीय तहमा ४ सय २१ पदका लागि दुई हजार ३ सय २९ जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महालक्ष्मी बिकास बैंकको स्थानान्तरण

१४ बैशाख २०७९, बुधबार १४:४७
राजापुर (बर्दिया)  : महालक्ष्मी बिकास बैंक राजापुर शाखाको एक कार्यक्रमका बिच स्थानान्तरण गरिएको छ । थप सेवा बिस्तार गर्नका लागि पुरानो ठाँउ प्रयाप्त नभएकाले स्थानान्तरण गरिएको बैंकका प्रमुख तारा बोहोराले जानकारी  दिईन । शाखा स्थानान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले प्रतिस्पर्धाको जमानामा सेवाग्राहीलाई सहज–सरल र गुणस्तरिय […]

सम्बन्धित