४७६ मध्ये ३८३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १४ बैशाख २०७८, मंगलवार १७:१७
 

नेपालगञ्ज : बाँकेको भेरी अस्पतालमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट सोमबार साँझ सार्वजनिक हुनुपर्ने भएपनि अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ । बैशाखयता २४ घण्टा संकलन गरिएको नमुनामा यति धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो ।


सोमबार भेरी अस्पतालको प्रयोगशालाबाहेक अन्य २ प्रयोगशाला र सिमा नाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरीको समेत जोड्दा सोमबार मात्र बाँकेमा ६३९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका चार स्थानीय तहमा मानव बेचबिखन बिरुद्धको जनचेतना अभियान

१४ बैशाख २०७८, मंगलवार १७:१७
नेपालगञ्ज : बाँकेमा विभिन्न बाहानामा पछिल्लो समय मानव बेचबिखनका घटना बाहिर आउन थालेपछि बाँकेका बिभिन्न ४ स्थानीय तहमा मानवबेचबिखन बिरुद्धको जनचेतना अभियान सञ्चालन गरिएको छ । सामाजिक ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत मानव बेचबिखन तथा असुरक्षित ओसारपसार बिरुद्धको सचेतना अभियान सञ्चालन गरिएको हो । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा […]