आयोडिनयुक्त नुनबारे सचेतना र्याली

१३ फाल्गुन २०७५, सोमबार १६:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाईंदै आइरहेका बेला नेपालगञ्जमा पनि बिविध कार्यक्रम गरिएका छन् । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ ।
चिकित्सकका अनुसार आयोडिनको कमीले विशेष गरी गलगाड रोग हुने गर्दछ । आयोडिनयुक्त नुनको मात्र प्रयोग गर्ने उद्देश्यले सोमवार नेपालगञ्जमा सचेतना र्याली निकालिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा गणेशमान चौकबाट निस्किएको र्याली भेरी अञ्चल अस्पताल, त्रिभुवन चोक हुँदै विपी चोक पुगेर समापन गरिएको थियो । आयोडिनयुक्त नुन खाऔं, मानसिक फुर्ती, शारीरिक शक्ति बढाऔं भन्ने मुल नारासहितको र्यालीमा स्वास्थ्य सम्वद्ध कर्मचारी, स्वास्थ्यकर्मी, नेपालगञ्ज नर्सिङ क्याम्पस, भेरी कलेज नेपालगञ्जका विद्यार्थीको सहभागिता थियो ।
समापन कार्यक्रममा सम्वोधन गर्दै उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले आयोडिनयुक्त नुन प्रयोगको फाइदाका साथै यसको सहज उपलव्धतामा जोड दिए । लामो समयदेखि सरकारले नुनमा आवश्यक मात्रामा आयोडिन मिश्रित गरी साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएको छ । सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Next Post

साहित्यकार शर्माको ‘सपनाको क’ विमोचन

१३ फाल्गुन २०७५, सोमबार १६:५०
सदरलाइनडटकम, नेपालगञ्ज : बाल साहित्य विधाअन्तर्गत बाल कथा संग्रह ‘सपनाको क’ पुस्तकको एक कार्यक्रमबीच सोमवार नेपालगञ्जमा विमोचन गरिएको छ । ललिता शर्माद्वारा लिखित रंगीन कलेवरमा प्रकाशित उक्त पुस्तक वरिष्ठ कथाकार सनत रेग्मीले विमोचन गरेका हुन् । नारी श्रष्टा किरण आचार्यको अध्यक्षता तथा मध्यपश्चिम श्रष्टा समाजद्वारा स्थानीय सरस्वती उच्च माविमा आयोजित […]