भेरी प्राविधिक शिक्षलयमा मेकानिकल ट्रेड अन्तरगत औद्योगिक प्रशिक्षण सुरु

३१ भाद्र २०७५, आईतवार १८:५७
 

सदरलाइनडटकम
नेपालगञ्ज  : नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा श्रम र आय आर्जनलाई जोड्ने उद्देश्यले मेकानिकल ट्रेड अन्तरगत औद्योगिक प्रशिक्षण (अप्रेन्टिसिप) कार्यक्रम सञ्चालनमा ल्याईएको छ ।
२४ महिने मेकानिकल प्राविधिक एसएलसी सरहको कार्यक्रम शिक्षालय सञ्चालक समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रमकाबीचमा सो कार्यक्रमको उद्दघाटन समेत गरे ।
स्वीस सरकारको सहयोगमा सञ्चालन गर्न लागेको सो कार्यक्रम ‘सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण (अप्रेन्टिसिप)’ भन्ने नाराका साथ सो कार्यक्रमको आईतबारदेखि विधिवत सुरुवात समेत गरिएको हो । ४० जना विद्यार्थी क्षमताको सो कार्यक्रम प्राविधिक एसएलसी र डिप्लोमा तहको हुने बताईएको छ ।
स्थानीय उद्योगीहरुसंगको सहकार्यमा उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालनमा ल्याईएको शिक्षालयका प्रमुख भिमकान्त लामिछानेले जानकारी दिए । उनले शिक्षालय स्थापनाको २४ वर्षमा थुप्रै प्राविधिक जनशक्ति उत्पादन गरी राज्यलाई समुन्नत बनाउन अहम भूमिका खेलेको समेत बताए ।
शिक्षालयका प्रमुख लामिछानेको अध्यक्षतामा आईतबार आयोजित कार्यक्रममा औद्योगिक प्रशिक्षण (अप्रेन्टिसिप) को शुुभारम्भ गरिएको थियो ।
सो अवसरमा प्राविधिक शिक्षा परिषदका तथा सिटिईभिटि ईनस्योर कार्यक्रमका निर्देशक टेकबहादुर मल्ल, तथा हेल्भटासका टिम लिडर सुभाष सुवेदी, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।  

Next Post

बाँकेका जनप्रतिनिधिको प्रथामिकतामा परेन वार्षिक समिक्षा बैठक

३१ भाद्र २०७५, आईतवार १८:५७
सदरलाइनडटकम नेपालगञ्ज : बाँकेका जनप्रतिनिधिको प्राथामिकता जिल्लाको वार्षिक समिक्षा बैठक नपरेको पाईएको छ । आईतबार जिल्ला समन्वय समिति बाँकेको वार्षिक समीक्षा कार्यक्रम नेपालगञ्जमा आयोजना गरिदा सो बैठकमा बाँकेका सांसददेखि स्थानीय तह प्रमुख उप–प्रमुखको प्राथामिकता मै सो बैठक पर्न नसकेको हो । जिल्ला समन्वय समितिका बाँकेका संयोजक अजय श्रीबास्तबको अध्यक्षतामा सम्पन्न […]