बाँकेसहित १४ जिल्ला अति अतिसंवेदनशील घोषणा

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार १३:३६
 

नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकेसहित १४ जिल्लालाई अतिसंवेदनशील जिल्ला घोषणा गरेको छ ।

मन्त्रालयले देशभरका नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर जिम्मेवार बन्न समेत आग्रह गरेको छ ।


त्यस्तै अति संवेदनशील क्षेत्रका रूपमा घोषणा गरिएका जिल्लाहरूमा राति ७ बजेपछि सबै व्यवसाय बन्द गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीको हस्ताक्षर रहेको विज्ञप्तिले विभिन्न ८ बुँदे अपिल जारी गरी संक्रमणबाट जोगिनका लागि सजग हुन आग्रह गरेको हो ।

Next Post

बाँकेमा एकैदिन १२७ जनामा कोरोना पुष्टि

३ बैशाख २०७८, शुक्रबार १३:३६
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बाँकेमा १८३ वटा नमुना परीक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको हो । जसअनुसार संक्रमित ६९.४ प्रतिशत रहेको छ । एकै दिनमा हालसम्मकै धेरै संख्यामा संक्रमित पहिचान भएको नेपालगञ्जस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ […]