बाँकेमा एकैदिन १२७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार १३:४८
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

बाँकेमा १८३ वटा नमुना परीक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको हो । जसअनुसार संक्रमित ६९.४ प्रतिशत रहेको छ ।

एकै दिनमा हालसम्मकै धेरै संख्यामा संक्रमित पहिचान भएको नेपालगञ्जस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


शुक्रवारको रिपोर्टले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा व्यापकरुपमा फैलिसकेको देखाएको छ ।

Next Post

पूर्वमन्त्री राईको पहलमा भेरीलाई भेन्टिलेटर सहयोग

३ बैशाख २०७८, शुक्रबार १३:४८
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा भेन्टिलेटरको अभाव भईरहेका बेला कोरोना संक्रमितको उपचारका लागि दुईवट भेन्टिलेटर उपलब्ध गराइएको छ । बाँके क्षेत्र नं. २ वाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले भेन्टिलेटर उपलब्ध गराएका हुन् । संसदीय विकास कोषबाट दिएको ४३ लाखबाट दुईवटा भेन्टिलेटर खरिद गरी भेरीमा ल्याइने भएको […]