नेपालगञ्ज : बाँकेका चार स्थानीय तहका पालिकाका किशोरीलाई लक्षित गरी मानव बेचबिखन बिरुद्धको सचेतना फैलाउने उद्देश्यले तीन दिने सडक नाटक स्कृप्ट लेखन तालिम सञ्चालनमा ल्याईएको छ ।
बाँके युनेस्को क्लवले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बाँकेका नेपालगञ्ज, बैजनाथ, खजुरा र कोहलपुर नगरपालिकामा सञ्चालित मानव बेचविखन बिरुद्धको परियोजना अन्तरगत विभिन्न सचेतनामुलक कार्यक्रमका लागि सहज होस भन्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लवका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।
कार्यशाला क्रियशन ललितपुरको सहजिकरणमा सुरु भएको सो तालिममा बाँकेका चारवटै पालिकाबाट १५ जना किशोरी सहभागि रहेका छन् । उनीहरुलाई मानव बेचबिखनका बिरुद्ध केन्द्रीत रहेर सडक नाटकको स्कृप्ट तयार पार्ने तौर तरिकाका बारेमा जानकारी गराईने छ ।
‘तलिमका सहभागिले मानव बेचबिखन जस्तो जघन्य अपराधबाट जोगाउन आफ्नो पालिकाको टोलटोलमा पुगेर सचेतना विरुद्धको सडक नाटक तयार पारेर मानब बेचबिखनबिरुद्ध सचेतना फैलाउने रहेको छ’–क्लवका अध्यक्ष चौधरीले भने ।
तीन दिनसम्म मानब बेचबिखन कै विषय बस्तु छनौट गरी उनीहरुलाई मानव बेचबिखनबाट कसरी जोगिने भन्ने सन्देश दिने खालको सडक नाटकको स्कृप्ट कसरी तयार पार्ने भन्ने कुरामा जोड दिईने आयोजकले जनाएको छ ।