सदरलाइनडटकम,
नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सुरु भएको अन्तर सकांय भलिबल प्रतियोगिता एमएमसी कपको छात्रतर्फ मानविकी सकाय र छात्रातर्फ बिबिएस संकायले बाजी मारेको छ ।
यसैगरी छात्रतर्फ द्वितिय बिज्ञान सकाय, र तृतीय बिबिएस प्रथम बर्ष हुन सफल भएका छन् । छात्रातर्फ द्वितिय मानविकी सकाय, तृतीय स्थान बिबिए संकायले हासिल गरेको छ ।
सो प्रतियोगितामा सबै सकांयबाट छात्रतर्फ १२ र छात्रा ५ गरि जम्मा १७ टिमको सहभागिता रहेको खेल सयोजक अनेरास्ववियुका सचिब प्रकाश बिकले जानकारी दिए ।
क्याम्पसले आयोजना गरेको सो प्रतियोगिता सञ्चालनका लागि अखिल क्रान्तिकारीका उपाध्यक्ष ध्रुब जोशी र नेबिसंघ मब ईकाई सभापति चन्द्रप्रकाश देवकोटासहित ७ सदस्यीय समिति निर्माण गरिएको खेल व्यवस्थापक महेश एरीले बताए । क्याम्पस प्रमुख गणेश रेग्मीले बल सर्भिस गरेर खेलको उद्दघाटन गरेका थिए ।
,
