विषम परिस्थितिमा डा. शाहको टिमले जोगायो आमा र छोरीको ज्यान

२६ श्रावण २०७७, सोमबार २३:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको प्रसुती वार्ड कोरोना संक्रमणका कारण शिल भएपछि प्रसव पीडाले छटपटाई रहेकी बाँके डुडुवा गाउपालिका–१ की महिलाको माँ जानकी अस्पतालमा शल्यक्रियाबाट छोरी जन्माएकी छन् ।

कोरोनाका कारण कोहलपुर मेडिकल कलेज नेपालगन्ज, कोहलपुर र भेरी अस्पतालको प्रसुति सेवा दिने वार्डहरु शिल भएको अवस्थामा डुडुवा–१ कि प्रीति खटिकको जटिल शल्यक्रियाद्वारा सोमबार साँझ छोरीको सकुशल जन्म भएको हो ।

अस्पतालका अनुसार आमा र बच्चा दुबै ठिक छन् । जटिल प्रसव बेथाले छटपटिएकी डुडुवा गाउँपालिका–१ पिप्रहवाकी प्रिती सोमबार दिनभरी विभिन्न अस्पतालको गेटमा पुगेर पनि उपचार पाउन नसके पछि माँ जानकी अस्पतालमा साँझदेखि उपचार शुरू गरिएको थियो ।

जिल्लाका बिभन्न अस्पतालका स्त्रीरोग विषेशज्ञ डाक्टरहरू सेल्फ क्वारेन्टिनमा रहेकाले डा.कुमार सान शाहले गर्भवती महिलाको शल्यक्रिया गरेका हुन । आमा र बच्चा दुबै स्वस्थ रहेको अस्पतालले जनाएको छ ।


बरिस्ठ सर्जन तथा माँ जानकी अस्पतालका संचालक डा. श्यामसुन्दर यादवले आफ्नो अस्पतालको अपरेशन थिएटर उपलब्ध गराएपछि एचसीआरसी हस्पिटलका सँस्थापक तथा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. शाहको टिमले गरेको अप्रेसनबाट विषम र कठिन परिस्थितिमा आमा र बच्चालाई बचाउन सफल भएको हो ।

प्रिति त एक प्रतिनिधि पात्र मात्र हुन उनी जस्तो समस्याबाट धेरै महिलाहरु विभिन्न अस्पतालको ढोका चाहारेर पनि सेवा पाउन नसकेको जनगुनासाहरु छन् । यस विषम परिस्थितिको सामना गर्नको लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक छ ।

फोटो  : रमेश सिटौलाको फेशबुकवालबाट

Next Post

मेडिकल कलेजमा उपचार गरिरहेका अछामका पुरुषमा मृत्युपछि कोरोना पुष्टि

२६ श्रावण २०७७, सोमबार २३:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आईतबार मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा मृत्युु भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङका अनुसार आईतबार साँझ साढे सात […]

सम्बन्धित