फिलिपिन्सले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १४:३२
 

काठमाण्डौ : फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको त्यहाँको सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो । तर, अहिले अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ।


फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेको जानकारी दिए । तर, फिलिपिन्स जाने यात्रुहरूले प्रवेश, परीक्षण र क्वरेण्टीनसम्बन्धी नियम भने पालना गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बारबर्दियामा विद्यालय भवन शिलन्यास

२० भाद्र २०७८, आईतवार १४:३२
बर्दिया : बारबर्दिया नगरपालिका वडानं ३ बेलुवाबज्यामा रहेको श्रीनेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भवनको शिलन्यास सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बारबर्दिया नगरपालिकाको साझेदारीमा ‘सेफ एण्ड ईन्कुलिसिभ स्कुल टुवार्डस ईन्हेन्स रिजिलेन्स सिस्टर प्रोजेक्ट’ अन्तरगत दुइ तले ६ कोठे पक्की भवनसंगै वालमैत्री तथा लैगिंक मैत्री […]