सदरलाइनडटकम
२३ भदौ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका–२ नेउरीगौरीबाट २१ किलो चरेशसहित दुई जनालाई प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका नेउरीगौरीबाट पक्राउ परेका ५४ बर्षीय फेरन अहिर र ७० बर्षिय मुरली अहिरलाई दुईदिन अघिको राति घरबाटै लागु औषध चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अहिरद्वयलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार, कार्यालयको बिशेष अनुसन्धान टोलीले करिव ३ लाख ६० हजार रुपैयाँ बराबरको चरेशसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
