२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

३६ वर्ष पहिले चोरी भएको मूर्ति नेपाललाई हस्तान्तरण



काठमाण्डौ : ३६ वर्ष अगाडि चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तारण गरेका हुन् ।

पाटन मन्दिरको यो मूर्ति १९९० देखि टेक्ससको म्युजियममा राखिएको थियो ।

प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार
ताजा समाचार