२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार
एन्फा प्रेसिडेन्ट लिग–२०७७

त्रिवेणीको दोस्रो जितसंगै बटुल्यो ६ अंक




नेपालगञ्ज  : गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङले कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्लालाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ ।

नेपालगञ्ज रंगशालामा भएको आइतबारको खेलको अन्तिम मिनेटमा सन्तबहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । जारी लिगमा त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ ।

त्रिवेणीका बिमल रानाले १७औं मिनेटमा गोल गरेका थिए भने सन्त बहादुरले ९४औं मिनेटमा गोल गरेका थिए । जुम्लाको तर्फबाट भुपेन्द्र शाहीले १९औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा जुम्लाका भुपेन्द्र म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फाका पुर्व उपाध्यक्ष गोर्वधन सिह सम्झनाले पुरस्कृत गरे ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बाग्मती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

प्रकाशित मिति : २०७७ चैत ८ गते आइतबार
ताजा समाचार