कोरोनाबाट बाँकेमा १० जनाको ज्यान गयो

सदरलाइन संवाददाता ११ जेष्ठ २०७८, मंगलवार ११:०७
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेमा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा पाँच जना जिल्लाभित्रका छन भने बाँकी पाँच जना अन्य जिल्लाबाट उपचारकालागि बाँके आएका संक्रमितहरु रहेका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैजनाथ गाँउपालिका ४ बाँकेकी ३८ वर्षिया महिला, कोहलपुर नगरपालिका १० का ४७ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका १८ की ८५ वर्षिया महिला, कोहलपुर नगरपालिका १० बाँकेका ७१ वर्षिय पुरुष र खजुरा गाँउपालिका ४ बाँकेका ३२ वर्षिया महिला रहेका छन् ।


त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ८ दाङका ५६ वर्षिय पुरुष, तुलसीपुर उपमहानगरपालिका १२ दाङका ४० वर्षिया महिला, बाँसगढी नगरपालिका ३ बर्दियाका ६४ वर्षिय पुरुष, बढैयाताल गाँउपालिका ६ बर्दियाका ६० वर्षिया महिला र घोराही उपमहानगरपालिका १८ दाङका ५१ वर्षिय पुरुषको समेत उपचारकै क्रममा मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाको संक्रमणबाट उपचारकै क्रममा जिल्लाभित्रका २७९ र जिल्ला बाहिरका २५१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

११ जेष्ठ २०७८, मंगलवार ११:०७
नेपालगञ्ज : हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जबाट वस्तीमा छिरेको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्वर १ सर्खोल फचकपुरकी ३७ बर्षिया चन्द्रा विकको मृत्यु भएको हो । घरमै सुतीरहेको अवस्थामा सोमवार राती १० बजे उनीसहित उनको ३ वर्षिया छोरी दिपीका विकलाई हात्तीले आक्रमण गरेको […]