सन्धुलीमा कुल जगाउदै मुडुला कार्की क्षेत्रीहरु

सदरलाइन संवाददाता ८ जेष्ठ २०८०, सोमबार १२:२१
 

सिन्धुली  :  सिन्धुलीका मुडुला कार्की क्षेत्रीहरु आफ्नो हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा कुल जगाउने कार्यमा क्रियाशिल हुन थालेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाईबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगाएतले कार्की क्षेत्रीहरुको वलीदानी पुर्ण र पुरुषार्थपुर्ण ईतिहासको कदर गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


कार्यक्रममा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की, जिल्ला अध्यक्ष केदारकुमार कार्की, उपाध्यक्ष जितबहादुर कार्की, सचिव लोकबहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।

सिन्धुली जिल्लाको कमलाखोच, सुनकोशी, गोलान्जोर, तीनपाटन र कमलाामाई क्षेत्रमा मुडुला कार्कीहरुको अत्यधिक बसोवास रही आएको छ ।
सो कार्यक्रममा भुवन कार्कीको अध्यक्षतामा कमलामाई नगर समितिको समेत गठन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल शल्यचिकित्सक डा. फिरोज ७ दिनका लागि निलम्वित

८ जेष्ठ २०८०, सोमबार १२:२१
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका बाल शल्यचिकित्सक डा. फिरोज आलमलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । अस्पतालमा आकस्मिक कक्षमा आएको बिरामीको आकस्मिक उपचार व्यवस्थापन नगरी रिफर गरेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. आलमलाई काउन्सिलले एक हप्ताका लागि निलम्बन गरेको हो । शुक्रबार बसेको नेपाल मेडिकल काउन्सिलको पूर्ण […]

ताजा अपडेट