सन्दर्भ : २१ औ अन्तराष्ट्रिय क्यान्सर दिवस

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराद्वारा निशुल्क स्वास्थ्य शिविर

सदरलाइन संवाददाता २२ माघ २०७७, बिहीबार १८:४७
 

खजुरा (बाँके) : २१ औ अन्तराष्ट्रिय क्यान्सर दिवसको अवसर पारेर सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

दिवसको अवसरमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको एक दिवशिय निशुल्क स्वास्थ शिविर आयोजना गर्नुको साथै सचेतामुलक वक्तृत्वकला तथा ब्यातमिन्टन प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ ।

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षता तथा खजुरा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा क्यान्सरको उपचारमा सुशील कोईरालाल प्रखर क्यान्सर अस्पताल खजुराको भूमिका विषयक विद्यालय स्तरिय बक्तृत्व कला कार्यक्रमका साथै अस्पतालका चिकित्सक तथा कर्मचारी बीचमा भएको ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


सो अस्पतालले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका करिव ६ सय महिलाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक डा. आचार्यले बताए ।

उनले अस्पतालले छोटो समयमै क्यान्सरको विरामीको शल्यक्रियात्मक तथा किमो थेरापी बिधीको उपचार सुरु गरेको जानकारी दिदै सेवालाई अझ उत्कृष्ठ बनाउदै लैजाने तयारी रहेको दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका पूर्व अध्यक्ष तथा खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालको विकासको लागि स्थानीय सरकार सबैद तयार रहेको बताए । उनले पश्चिम क्षेत्रको जनताले घरदैलो मै क्यान्सर जस्तो भयावह रोगको उपचार पाउनसक्ने गरी अस्पताल सञ्चालन हुने र त्यसमा परेको अफ्ठयारो र बाधा फुकाउन आफुले सक्दो मद्दत गर्ने बताए ।

२१ औ क्यान्सर दिवसका अवसरमा आयोजित कार्यक्रममा बक्तृत्वकला तथा ब्याटमिन्टन प्रतियोगिता सहभागित तथा विजयी खेलाडिलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको कार्याक्रमको सहजिकरण खजुरा गाउपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ले गरेका थिए ।

Next Post

कक्षा ११ र १२ को पाठ्यक्रमको अन्यौल सकियो

२२ माघ २०७७, बिहीबार १८:४७
काठमाडौं : पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले […]