२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

राष्ट्रिय महिला लिगमा मंगलवार दुई खेल हुँदै



काठमाण्डौ : राष्ट्रिय महिला लिग फुटबलमा मंगलवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

यसअघि सोमवार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ । एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मंगलबार
ताजा समाचार