कोरोनाबाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

सदरलाइन संवाददाता १६ माघ २०७७, शुक्रबार ०९:४६
 

नेपालगञ्ज : कोरोना भाईरस संक्रमणका कारण बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा उपचार गराईरहेकी कोहलपुर वडा नं. ११ निवासी भारतीको शुक्रवार विहान ५ बजेर २७ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन् । योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ ।

Next Post

कोरोना खोप लगाएका बाँकेका १० जनामा साइडइफेक्ट

१६ माघ २०७७, शुक्रबार ०९:४६
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरसविरुद्धको खोप लगाएका १० जनामा साइडइफेक्ट देखिएको छ । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक, नर्स र सरसफाइकर्मीमा साइडइफेक्ट देखिएको हो । बाँकेमा दुई दिनको अवधिमा करिव सात सयले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन् । तीमध्ये १० जनामा वान्ता हुने, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको […]