दरबन्दीबिना चलेको बिशिष्टकृत क्यान्सर अस्पताल

सदरलाइन संवाददाता २८ भाद्र २०८०, बिहीबार १४:५६
 

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ बर्षअघि सरकारलाई हन्तान्तरण गरिएको भए पनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन ।

सरकारलाई हस्तान्तरण गरी हाल सङ्घीय सरकार मातहत रहेको यो अस्पतालमा एकजना पनि दरबन्दी कायम हुन नसक्दा उपचार सेवा प्रभावित भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

हाल अस्पतालमा अस्थायी, करार र ज्यालादारीका गरी ११५ जना चिकित्सक तथा स्वास्थ्यकर्मी र अन्य कर्मचारी कार्यरत छन् । जसमध्ये १५ जना विशेषज्ञ चिकित्सक कार्यरत रहनुभएको छ । अस्पतालका निर्देशक समेत काजमा खटाइने गरिएको अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लले भने, ‘चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी कायम नहुँदा सेवा प्रवाहमा जलिटता हुनेगरेको छ, दरबन्दी अभावमा पनि स्तरीय उपचार सेवा दिने प्रयास गरिरहेका छौं ।’


दरबन्दी स्वीकृतिकै लागि अहिले पनि अस्पतालका निर्देशक डा. निरज भट्टराई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धाइरहेको अस्पतालले जनाएको छ । अस्पतालले कम्तिमा ४०९ चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी आवश्यक पर्ने भन्दै आन्तरिक सङ्गठनात्मक तथा ब्यवस्थापन (ओएनएम) सर्भे स्वीकृतीका लागि मन्त्रालयमा पठाएको लामो समय बिते पनि हालसम्म स्वीकृत हुन सकेको छैन ।

४०९ जना जनशक्तिको खाँचो रहेको बताइएको छ । कम्तिमा २०० दरबन्दी स्वीकृति भएमा अस्पताल सञ्चालनमा केही सहजता हुने अस्पताल विकास समितिले जनाएको छ । विशिष्टकृट अस्पताल भए पनि दरबन्दी स्वीकृती नहुँदा समस्या परिरहेको अस्पतालले जनाएको छ ।

खजुराबासीले २०६३ मा महायज्ञ सञ्चालन गरी क्यान्सर अस्पताल निर्माण शुरु गरेपछि नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा पहिलो पटक यस अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बड्का अट्वारीमा बाँकेसहित तीन जिल्लामा सार्वजनिक बिदा

२८ भाद्र २०८०, बिहीबार १४:५६
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेको छ । थारू बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश […]