बलात्कार आरोपमा कोहलपुरका मानबहादुर पक्राउ

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १५:१७
 

नेपालगञ्ज : २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका–११ का एकजनालाई भालुवाङ प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी अभियोगमा कोहलपुर ११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।


मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका–१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका हत्या आरोपमा चौहान कारागार चलान

११ मंसिर २०८०, सोमबार १५:१७
नेपालगञ्ज : बाँकेमा बालिकाको हत्या आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत कार्तिक १४ गते डुडुवा गाउँपालिका वडा नम्बर १ टेपरीमा भारतको बहराइच बाबागञ्ज बस्ने ३० वर्षीय महेश चौहानले रामकुमार बाहुनको खेत ट्रयाक्टरले जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा अन्दाजी बर्ष १२ […]