बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो

सदरलाइन संवाददाता २२ आश्विन २०७९, शनिबार १४:२१
 

बर्दिया : मंगलवार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्षअघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले यस पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।


केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बीच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी पीडितको उद्धार तथा राहतमा जुटिन् निवर्तमान सांसद नमूना

२२ आश्विन २०७९, शनिबार १४:२१
नेपालगञ्ज : नेकपा माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमूना) बाँकेका बाढीपीडितको उद्धार तथा राहतमा जुटेकी छन् । अधिकांश दलका ठूला नेताहरु आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनको लागि टिकटको लागि दौडधुप गरिरहेका बेला नमूना भने बाढीपीडित क्षेत्रमा पुगेर शुक्रबारदेखि उद्दार […]