बर्दियामा चालु आर्थिकवर्षको फागुणसम्ममा ५१ वटा सवारी दुर्घटनामा २४ ले गुमाए ज्यान

सदरलाइन संवाददाता २४ चैत्र २०७९, शुक्रबार १५:०१
 

बर्दिया  : बर्दियामा चालु आर्थिक वर्षको फागुणसम्म जिल्लाका बिभिन्न स्थानमा भएका भएका ५१ वटा सवारी दुर्घटनामा परेर २४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बर्दियाका अनुसार यो अवधीमा भएका सवारी दुर्घटनामा परेर ६१ जना घाइते भएका छन ।

जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक ईश्वरी देवकोटाले दिएको जानकारी अनुसार तीब्र गति तथा बाटोको अवस्था अत्यन्त बिग्रेको र चालकले मापसे गरी सवारी चलाएको कारण सडक दुर्घटना हुने गरेको हो ।

जिल्लामा सडक दुर्घटना न्युनिकरण गर्नको लागि विभिन्न सचेतनामुलक गतिविधि समेत गरेको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक देवकोटाले बताए ।


उनले सडक सुरक्षा कार्यक्रम अन्तरत सवारी चालकलाई प्रशिक्षण १८ वटा सेसनमा गरेर ५ सय ८६ जनालाई, विद्यार्थीलाई विभिन्न विद्यालयमा पुगेर १९ वटा सेसनमा १ हजार ८ सय २५ जनालाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको बताए ।

उनले सर्वसाधाणका लागि २ वटा कक्षामा ७५ जना र अन्तरक्रिया ३ वटामा ८५ जनालाई सहभागि गराईएको बताए । उनले चालु आर्थिक वर्षको फागुणसम्म १० हजार ७ सय १४ वटा सवारी कारवाहीबाट ६१ लाख ८४ हजार ५ सय राजस्व संकलन गरीएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुसुमेश्वरको ब्यवस्थापन समिति मनोनयनमा विवाद

२४ चैत्र २०७९, शुक्रबार १५:०१
नेपालगञ्ज : कुसुमेश्वर माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति सदस्य मनोनयनमा विवाद उत्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति सदस्य मनोनयनप्रति ‘जग्गादाता’ परिवारले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो । बिद्यालय ब्यवस्थापन समितिमा बिहीबार दुई जना सदस्यलाई मनोनयन गरिएको थियो । विगतमा हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट एक जनालाई मनोनित गरिन्थ्यो । […]