कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नंम्बर २ मा ४ हजार भन्दा बढिले राष्ट्रिय परिचय पत्र फारम भरेका छन् । सो वडामा गत माघ २२ गतेदेखि फागुन २६ गतेसम्म ४ हजार २ सय ५० जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो ।


कोहलपुर नगरपालिका–२ का वडा अध्यक्ष हरि कठायतका अनुसार वडामा ४ हजार २ सय ५० जनाको फारम भरिएको जानकारी दिए । वडाबाट फारम भरिएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र वडाबाट नै वितरण हुने वडा अध्यक्ष कठायतले बताए । परिचय पत्र फारम भर्नको लागि वडा नं. २ मा खटेका रामबहादुर वली र सन्जित वलीलाई शुक्रबार नै सम्मानसहित विदाई गरिएको छ ।
कोहलपुर नगरपालिकामा माघ २२ गतेबाट नै राष्ट्रिय परिचय पत्र फारम भर्ने अभियान सुरु भएको थियो । कोहलपुर वडा नं. ९ मा १ हजार ६ सय ८२ जनाको फारम भरिएको वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले जानकारी दिए । कोहलपुरका अन्य वडामा के कति फारम भरिएको भन्ने बारे जानकारी आएको छैन । फोटो : कोहलपुर टुडेबाट